२१ माघ २०८२, बुधबार
राजनीति

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

२२ भदौ, काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ २४ गते बिहान ११ बजेका लागि बोलाईएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ ।

अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ती निकालेर राष्ट्रिय सभाको अध्यक्षले अर्को सूचनाद्धारा तोक्ने मिति र समयमा बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका दिएका छन् ।

राष्ट्रिय सभामा ३ वटा बिद्येयकहरु बिचाराधीन छ । अध्यागमन बिधेयक बिद्यायन ब्यबस्थापन समितिमा दफावार छलफल गरि प्रतिवेदन सभामा पेश भइसकेको छ । विद्युतीय कारोबार सम्बन्धी बिद्येयक र राष्ट्रिय मर्यादा सम्बन्धी बिद्येयक विधायन व्यवस्थपन समितिमा दफावार छलफलमा छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।