२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

२१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यस आधारमा सभामुखले जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका थिए ।

यस्तै, सांसदहरुले उपचारको अभावमा वालिकाको मृत्यु भएको सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गरेका छन् ।

उपचारका लागि लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो । खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको बताइन्छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।