२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई एमालेको सुझाव : अमेरिकाबाट सिधैं चीन जाने निर्णयमा पुर्नविचार गर्नुहोस्

२१ भदौ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे संसदमा छलफल चलाउन माग गरेको छ ।

नेकपा एमालेको तर्फबाट बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले चीन जानु अगाडि संसदमा आफ्नो प्राथमिकताबारे संसदलाई जानकारी गराउन र सांसदहरुको सुझाव लिन आग्रह गरे ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति र एजेण्डाहरु यि यि हुन सक्छन् भनेर संसदमा आएर छलफल गर्ने फुर्सद छ वा छैन ? प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘यहाँ (संसद)मा आउनुहोस् र छलफल गरेर जानुहोस् ।’

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदैछन् । त्यहाँबाट सिधै चीन भ्रमणमा जाने उनको तयारी छ । यसमा पुर्नबिचार गर्न पनि एमाले सांसद पन्तको सुझाव छ ।

‘सयुक्त राष्ट्र संघ प्राथमिकता हो कि चीन भ्रमण ? मलाई लाग्छ चीन भ्रमण प्राथमिकता हो’ उनी भन्छन्, ‘अर्को देशबाट जाँदा त्यसको प्रभाव कम हुन सक्छ । यो विषयमा ध्यान आकृष्ट होस् ।’

चीन भ्रमणमा जाँदा बिभिन्न नाका खोल्ने विषय देखि विद्युत ब्यापार सम्झौता लगायतका विषय प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा हुन सक्ने उनले बताए ।

भारतलाई १० हजार मेगावाट विद्युत बेच्ने सम्झौता भएको र अगाडि बढेको उल्लेख गर्दै उनले चिनिया पक्षलाई पनि विद्युत बेच्ने विषय भ्रमणको एजेण्डा बन्नुपर्ने सुझाए । दुवै तिर विद्युत ब्यापार खुला हुँदा भारतबेस्टित अवस्थाको अन्त्य हुने पनि उनले सुझाएका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।