२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपा सदस्यको नभएको प्रष्टीकरण

२१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको प्रष्टीकरण दिएको छ ।

बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवल शम्शेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए ।

‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि प्रकारले संलग्न थिएन’ महामन्त्री राणाले भने । आक्रमण गर्ने व्यक्तिलाई हुनपर्ने कारबाही होस् भनी उनले सरकारसँग माग गरे ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । प्रहरीका अनुसार अन्तरक्रिया कार्यक्रममै सहभागी ४७ वर्षीय श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव क्लबबाट निस्किना साथ पछाडिबाट धारिलो हतियार हानेका हुन् ।

उक्त कार्यक्रममा आफू समेत सहभागी भएको उल्लेख गर्दै राप्रपाका महामन्त्री राणाले राजधानीमै नेताहरुमाथि आक्रमण हुनु दुखःद भएको बताए । यस घटनामाथि छानबिन गर्न र दोषीलाई कारबाही गर्न उनले माग गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।