२१ माघ २०८२, बुधबार
मनोरन्जन

अभिनेत्री निरुता सिंहले गरिन् विवाह

१६ भदौ, काठमाडौं । अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् ।

आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन् ।

नेपाली दर्शकलाई भेट गर्न आफू छिट्टै नेपाल आउने पनि उनले फेसबुकमा लेखेकी छन् । कुनै समय नेपालकी लोकप्रिय अभिनेत्री निरुता सिंह पछिल्लो समय भारतमा बसोबास गर्दै आएकी थिइन् ।

तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’ बाट नेपाली चलचित्रमा अभिनय सुरु गरेकी उनको दर्पण छाया, आफन्त, बन्धकी, दुई किनारालगायतका चलचित्र सफल थिए

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,