२१ माघ २०८२, बुधबार
समाज

काठमाडौं र ललितपुरका केही ठाउँमा आज ८ घण्टा विद्युत सेवा बन्द हुने

१६ भदौ, काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो विद्युत आपूर्ति सेवा बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के-थ्री ६६ केभी प्रसारण लाइन सट डाउन गर्नुपर्ने भएकाले उक्त सबस्टेसन तथा सोहीसँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति हुने विद्युत सेवा अवरुद् हुने जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने गरी कार्य भइरहेको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व