२१ माघ २०८२, बुधबार
राजनीति

एकसाथ ५० भन्दा बढी सहसचिवको सरुवा हुँदै

१५ भदौ, काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । त्यसैले सो सूचीमा हेरफेर र थपघटको सम्भावना छ ।

‘सहसचिवहरुको सरुवा हुने तय भइसकेको छ, प्रमाणीकरणको प्रक्रिया पुरा नभई सरुवा भएकाहरुको सूची बाहिर आउँदैन,’ संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने,‘लामो सयमदेखि एकै ठाउँमा रहेका र विभिन्न मन्त्रीले राखेको चाहनाबमोजिम अन्तिम सूची प्रमाणीकरण भएर आउँछ ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणअघि नै सरुवाको सूची प्रमाणीकरण गरेर सार्वजनिक गर्ने तयारी छ । को–को ससहचिवको कुन मन्त्रालय र निकायमा सरुवा भयो भन्ने खुलेको छैन ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।