२१ माघ २०८२, बुधबार
समाज

जीबी राई नेतृत्वको सूर्यदर्शन सहकारीविरुद्ध पोखरामा ८७२ जनाको उजुरी

१५ भदौ, पोखरा । कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध ८ सय ७२ जना बचतकर्ताको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते एक सूचना जारी गरी भदौ १५ गतेसम्म पीडितहरुलाई जाहेरी दिन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले सहकारीविरुद्ध ८६ करोड ९९ लाख रुपैयाँभन्दा बढी फिर्ता माग्दै उजुरी परेको जानकारी दिए । ‘सहकारी पीडितहरुको जाहेरी निवेदन परेको छ । अब यस विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।

सूर्यदर्शन सहकारी संस्था सहकारी नेटवर्किङ खडा गरी बचतकर्ताहरुको १६ अर्बभन्दा बढी बचत रकम दुरुपयोग गर्ने गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले सञ्चालन गरेको सहकारी हो ।

पोखरा महानगर ४, नालाकोमुखमा रहेको सहकारीका सञ्चालक समितिका पदाधिकारीहरू समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेका र सहकारीको रकम हिनामिना तथा ठगी गरेर फरार रहेको भन्दै प्रहरीले अन्य बचतकर्ताहरूलाई जाहेरी दिन सार्वजनिक सूचना निकालेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व