११ मंसिर २०८२, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

अमेरिकालाई सीमानामा सैन्य बल खडा नगर्न सिरिया-इरानको चेतावनी

१४ भदौ, काठमाडौं । सिरियाली विदेशमन्त्री फैसल मेकदाद र उनका इरानी समकक्षी हुसेन अमीर अब्दुल्लाहियानले सिरिया र इराकको सीमानामा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।

बुधवार बसेको संयुक्त बैठकले आफूहरुको सीमाना क्षेत्रमा सैन्य बल निर्माण नगर्न अमेरिकालाई चेतावनी दिएका हुन् ।

सिरियाको राजधानी दमिश्कमा आयोजित एक सम्मेलनमा दुवै देशका मन्त्रीहरुले उत्तरपूर्वी सिरयाली प्रान्त हसाकाबाट अमेरिकाको नजिक दक्षिणपूर्वी क्षेत्रसम्म सिरिया–इराक सीमामा सैन्य बल र संवद्ध बिद्रोही समूहहरु अमेरिकाले जम्मा गरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

त्यस्तै इरानी विदेशमन्त्री अमिर अब्दोल्लाहियानले अमेरिकाले यो क्षेत्रमा हानी नोक्शान नपुर्‍याउन आग्रह गरे । उनले अमेरिकी सेनालाई सो क्षेत्रबाट फर्किन चेतावनी दिनुभयो । अमेरिकाको यो कदम अन्तर्राष्ट्रिय कानूनअनुरुपको नभएको बताए ।

सिरियाली विपक्षी कार्यकर्ताहरुले हालैमात्र दिएको रिपोर्टमा संयुक्त राज्य अमेरिका सिरिया-इराक सीमा क्षेत्रमा इरानी प्रभाव रोक्नका लागि नयाँ योजना बनाएर अघि बढेको बताइएको छ । सिन्ह्वाको सहयोगमा

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण