२१ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

नेपालविरुद्ध पाकिस्तानी कप्तान आजमको शतक

१३ भदौ, काठमाडौँ । एसिया कप क्रिकेटमा पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले नेपालविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।

मुल्तान रङ्गशालामा केहीबेर अघि आजमले शतक प्रहार गरेका हुन् । उनले एक सय नौ बल खेल्दै १० चौकासमेत प्रहार गरे । एकदिवसीय खेलमा २८ वर्षीय कप्तान आजमको यो १९औँ शतक हो । आजम आफ्नो एक सय ३ औँ एकदिवसीय खेल खेलिरहेका छन् ।

नेपालविरुद्धको शतकसँगै आजमले हालसम्म पाँच हजार दुई सय रन बनाइसकेका छन् । यस अवधिमा उनले पाकिस्तानका लागि २८ अद्र्धशतकसमेत प्रहार गरिसकेका छन् ।

कप्तान आजमले हालसम्म ४९ टेष्ट प्रतियोगिता खेलिसकेका छन् । उनले यस क्रममा नौ शतक र २६ अद्र्धशतक प्रहार गर्दै तीन हजार सात सय ७२ रन बनाइसकेका छन् । कप्तान आजमले पाकिस्तानका लागि एक सय चार टी–२० प्रतियोगिता खेलेका छन् ।

उनले यस क्रममा तीन शतक तथा ३० अद्र्धशतक प्रहार गरेका छन् । उनले टी–२० प्रतियोगितामा हालसम्म तीन हजार चार सय ८५ रन बनाएका छन् ।

यस्तै पाकिस्तानका लागि इफ्तिखार अहमदले अद्र्धशतक प्रहार गरेका छन् । उनले ४५ बल खेल्ने क्रममा एक छक्का र चार चौका प्रहार गरे । पाकिस्तानले केहीबेर अघिसम्म ४३ ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४२ रन बनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected