२७ फाल्गुन २०८२, बुधबार
राजनीति

सुन तस्करी प्रकरणको अनुसन्धानमा भारतमा पनि टोली पठाउने सीआईबीको तयारी

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतमा पनि टोली पठाउने भएको छ ।

हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन बरामद प्रकरणको अनुसन्धानका क्रममा सीआईबीले भारतमा पनि टोली पठाउने तयारी गरेको हो । स्रोतका अनुसार, भारतीय सुरक्षा अधिकृतहरुसँग अनौपचारिक समन्वयबाट सूचना संकलन गर्न टोली पठाउन लागिएको हो ।

सीआईबीले अनुसन्धानमा सहयोगका लागि यसअघि इन्टरपोललाई पनि पत्राचार गरिसकेको छ । त्यसैले भारतस्थित इन्टरपोलका अधिकारीहरुसँग पनि समन्वय गरेर अनुसन्धान गर्ने सीआईबी तयारी छ ।

सुन पठाइएको मुलुक हङकङमा पनि अनुसन्धानका लागि सीआईबीले एसएसपी दिनेश आचार्यलाई पठाएको छ । ‘मुलतः डकुमेन्टसनका क्रममा चाहिने कागजात र अनुुसन्धानका क्रममा खुलेको केही तथ्यलाई भेरिफाइ गर्न टोली पठाइएको हो’, सीआईबीका एक अधिकृतले बताए ।

हालसम्म यो प्रकरणमा चिनियाँसहित ६ जना विदेशी नागरिक पक्राउ परेका छन् भने जम्मा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।