२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

सुन तस्करी प्रकरणमा समातिएका पौडेल भन्सारका कर्मचारी

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गणेश पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी भएको खुलेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, पौडेल भन्सार कार्यालयमा मूल्यांकन शाखाका अधिकृत भएको खुलेको छ । उनले भन्सार कार्यालयमा कार्यरत रहेर सुन तस्करी गर्ने गिरोहलाई सहयोग गरेको तथ्य फेला परेको बताइएको छ ।

हङकङबाट आएको ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन भन्सार जाँच पास भइसकेको अवस्थामा ३ साउनमा बरामद भएको थियो । राजश्व अनुसन्धान विभागले १९ दिनसम्म छानबिन गरेर सुन प्रकरणको सम्पूर्ण अनुसन्धान सीआईबीलाई हस्तान्तरण गरेको थियो ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा यसमा भन्सार कर्मचारी पनि संलग्न रहेको देखिएको हो । हालसम्म यो प्रकरणमा चिनियाँसहित ६ जना विदेशी नागरिक पक्राउ परेका छन् भने जम्मा पक्राउ पर्नेको संख्या २५ पुगेको छ ।

यो प्रकरणको अनुसन्धानका लागि सीआईबीले हङकङमा एसएसपी दिनेश आचार्यलाई पठाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।