२१ माघ २०८२, बुधबार
मुख्‍य समाचार समाज

६० किलो सुन प्रकरण : थप दुई सुन गाल्ने उपकरण बरामद

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो । ‘थप दुई वटा बरामद गरेर ल्याएका छौं’, बज्राचार्यले भनिन् ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीले बुधबार भारतबाट पक्राउ गरेर दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई पनि पक्राउ गरेको थियो ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व