२१ माघ २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार

पाकिस्तानसँगको खेलअघि प्रधानमन्त्रीले दिए क्रिकेट टिमलाई शुभकामना

१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको नेपाली टिमसँग कुराकानी गरेका छन् ।

बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल संवाद गर्दै प्रधानमन्त्री प्रचण्डले जितको शुभकामना दिएका उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा गर्ने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा नेपालले बुधबार दिउँसो सवा ३ बजे पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected