२४ पुष २०८२, बिहीबार
समाज

सचिवमा बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

११ भदौ, काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेणीको सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवहरुको नाम सिफारिस भएको छ । सोमबार बसेको बढुवा समितिको बैठकले सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

३ जनामध्ये घिमिरे वरिष्ठतामा अघि छन् । यसअघि पनि उनको नाम पटक-पटक सचिवका लागि सिफारिस हुँदै आएको छ । हाल उनी चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् ।

सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ताको समेत जिम्मेवारीमा छिन् । पौडेल भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा रहेको बढुवा समितिको बैठकले गरेको सिफारिसअनुसार तीन जनामध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई सचिव नियुक्त गर्नेछ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व