१० मंसिर २०८२, बुधबार
मुख्‍य समाचार राजनीति समाज

अदालत सुधारको प्रक्रियामा अगाडि बढेको छ: प्रधानन्यायाधीश श्रेष्ठ

११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् ।

सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गर्दै उनले अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने बताएका हुन् ।

‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार ग¥यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला’, उनले भने ।

पेशी तारिख अब प्रविधिमा आवद्ध भएकाले सुशासन कायम गर्न पनि यसले मद्दत गर्ने प्रधानन्यायाधीश श्रेष्ठले बताए । उनले स्वचालित पेशी तारिख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको पनि जानकारी दिए । अदालतकै कर्मचारीले सफ्टवेयर विकास गरेको भन्दै उनले यो प्रणालीलाई काठमाडौं जिल्ला अदालत हुँदै अन्य अदालतमा पनि लागू गरिने बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व