२९ आश्विन २०८२, बुधबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार

दूषित पानी समुद्रमा फाल्ने जापानी कदमविरुद्ध कोरियाली सांसदहरुको विरोध

८ भदौं, काठमाडौं । दक्षिण कोरियाको मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानले फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी प्रशान्त महासागरमा फालेकोबारे विरोध जनाउँदै मार्च पास गरेका छन् ।

शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा विपक्षी डेमोक्रेटिक पार्टीका सांसदहरुले जापानको सो कदमको विरोध गरेका हुन् ।

जापानले सो निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र छिमेकी देशहरुले बिरोध जनाएका छन् । साथै सरकारको सो निर्णयको स्थानीय र माछा व्यवसायीहरुले बिरोध गर्दै प्रदर्शनसमेत गरिरहेका छन् ।

जापानले गत बिहीवार दिउँसो १ बजेबाट दूषित पानी प्रशान्त महासागरमा फाल्न सुरू गरेको थियो । पहिलो चरणमा १७ दिन भित्रमा ७ हजार ८ सय टन दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दूषित पानी फाल्ने बताइएको छ ।

दूषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरु छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ ।

जापानको यो कदमसँगै छिमेकी देशहरु र प्रशान्त टापुका देशहरु आक्रोशित बनेका छन् । सिन्ह्वाको सहयोगमा

 

थप समाचारहरु

अन्तर्राष्ट्रिय

१०७ वर्षपछि भारतीय सेना परेडका लागि पेरिसमा

२८ असार, काठमाडौं। समयचक्र एकपटक फेरि घुमेको छ । एक सय सात वर्षपछि भारतीय सेना पेरिस परेडमा सहभागी हुँदैछ ।
अन्तर्राष्ट्रिय समाज

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्ने

२९ असार, काठमाडौं । अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् । विदेशमन्त्रालयको मध्य तथा दक्षिण