११ श्रावण २०८१, शुक्रबार
राजनीति

सामाजिक सदभाव जोगाउन धरानमा सर्वदलीय अपिल

८ भदौ, विराटनगर । संभावित दुर्घटनालाई लिएर धरानका सवै राजनीतिक दलहरुले सद्भावको अपिल गरेका छन् । संयुक्त बक्तव्य जारी गर्दै दलहरुले संभावित दुघर्टना रोक्नले भोलि (शनिबार) धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।

‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी बातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।’

दलहरुले सामाजिक द्वोष तथा आस्था भावनामा ठेस पुर्याउने गतिविधि नगरिदिन आग्रह समेत गरेका छन् । धरानमा देखा परेको धार्मिक तथा सांस्कृतिक विवाद वार्ताको माध्यमबाट हल गर्न पहलकदमी लिने दलहरुले प्रतिबद्धता समेत जनाएका छन् ।

धार्मिक द्वन्द्वको खतरा बढेर गएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ भने जनप्रतिनिधिहरुले संयमता अपनाउन सर्वसाधरणमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्