२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार समाज

कीर्तिपुरमा चितुवाले आक्रमणबाट एकजना घाइते

७ भदौ, काठमाडौं । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए ।

चितुवा कुखुरा पालन गर्ने खोरभित्र थुनिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ । वन अधिकृत अशोक पराजुलीले डार्टसहितको टोली कीर्तिपुर मुभ भइसकेको जानकारी दिए ।

चितुवा भेटिएको स्थान थानकोट र कीर्तिपुरको सिमानामा पर्दछ । थानकोट प्रहरीको टोली रातिदेखि नै सो स्थानमा छ भने कीर्तिपुरको टोली भने आज बिहान मात्रै त्यसतर्फ गएको छ ।

थानकोट प्रहरीका अनुसार गएराति एक बजेतिर खोरभित्र सुतिरहेका व्यक्तिलाई चितुवाले आक्रमण गरेको थियो । त्यसपछि ती व्यक्तिले प्रतिरक्षा गर्ने क्रममा चितुवा पनि घाइते भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व