५ पुष २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

प्रधानन्यायाधीश श्रेष्ठको पहिलो निर्णय : स्वचालित प्रणालीबाट तारिख

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदबहाल गरेलगत्तै स्वचालित प्रणालीबाट पेशी तथा तारिख व्यवस्थापन गर्ने निर्णय गरेका छन् ।

मंगलबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी सर्वोच्च अदालत पुगेर पदबहाल गरेका थिए । पदबहाल लगत्तै उनले स्वचालित प्रणालीबाट तारिख व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

‘मुद्दाका पक्षहरुले कहिले तारिख लिने भन्नेवारेमा यसअघि कर्मचारीहरुले नै निर्णय गर्ने व्यवस्था थियो’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘अब स्वचालित प्रणालीले नै तारिख तोक्नेछ । मुद्दाको प्रकृति, सम्बन्धित दिनमा मुद्दाको चाप, मुद्दाको पालो आउने बार लगायतका आधारमा स्वचालित प्रणालीले आफै तारिखको दिन तोक्नेछ ।’

मुद्दाको तारिख दिने क्रममा कतिपय सेवाग्राहीले गुनासो र शंका गर्थे । स्वचालित प्रणाली शुरु गरेपछि त्यो पनि कम हुने अपेक्षा रहेको प्रवक्ता पौडेलले बताए । गोला प्रक्रियाबाट इजलास चयन र मुद्दा तोक्ने पद्धती भने यथावत रहेको उनले बताए । सर्वोच्च अदालतले सफ्टवेयरबाट मुद्दा व्यवस्थापन गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।