Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विजय गच्छदार र सञ्जय साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

रातो कागज
2 वर्ष अघि

५ भदौ, काठमाडौं। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ ।

पक्राउ पूर्जी जारी भएका पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि सीआईबीले हिजो बेलुका नै बयान लिएको छ । त्यसअघि आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोमबार बिहान डा. बाबुराम भट्टराईसँग पनि सीआईबीले बयान कागज गराएको थियो ।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरु विजय कुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यही प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री डम्बर श्रेष्ठ र तत्कालीन सहसचिव नारायण गोपाल मलेगो लगायतका कर्मचारी भने फरार रहेको सीआईबी स्रोतले बतायो ।

सीआईबीका एसएसपी दिनेश आचार्यले अनुसन्धान प्रक्रिया लगभग सकिएकाले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने तयारी अन्तिम चरणमा रहेको बताए ।

तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो ।

मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव तत्कालीन भूमिसुधार मन्त्री विजयकुमार गच्छदार र सो रायसहितको मिसिल तयार पार्ने काम सहसचिव नारायणगोपाल मलेगोले गरेका थिए ।

मोहीलाई सट्टा भर्ना दिने क्रममा हुँदै नभएको मोही खडा भएर ‘भूमाफिया’को कब्जामा सरकारी जग्गा गएको पाइएपछि उनीहरु यो प्रकरणमा मुछिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया


Warning: include(/home/u762851829/domains/ratokagaj.com/public_html/wp-content/plugins/lazy-loading-responsive-images/vendor/composer/../masterminds/html5/src/HTML5.php): Failed to open stream: No such file or directory in /home/u762851829/domains/ratokagaj.com/public_html/wp-content/plugins/lazy-loading-responsive-images/vendor/composer/ClassLoader.php on line 576

Warning: include(): Failed opening '/home/u762851829/domains/ratokagaj.com/public_html/wp-content/plugins/lazy-loading-responsive-images/vendor/composer/../masterminds/html5/src/HTML5.php' for inclusion (include_path='.:/opt/alt/php82/usr/share/pear:/opt/alt/php82/usr/share/php:/usr/share/pear:/usr/share/php') in /home/u762851829/domains/ratokagaj.com/public_html/wp-content/plugins/lazy-loading-responsive-images/vendor/composer/ClassLoader.php on line 576

Fatal error: Uncaught Error: Class "Masterminds\HTML5" not found in /home/u762851829/domains/ratokagaj.com/public_html/wp-content/plugins/lazy-loading-responsive-images/src/Plugin.php:170 Stack trace: #0 [internal function]: FlorianBrinkmann\LazyLoadResponsiveImages\Plugin->filter_markup() #1 /home/u762851829/domains/ratokagaj.com/public_html/wp-includes/functions.php(5464): ob_end_flush() #2 /home/u762851829/domains/ratokagaj.com/public_html/wp-includes/class-wp-hook.php(324): wp_ob_end_flush_all() #3 /home/u762851829/domains/ratokagaj.com/public_html/wp-includes/class-wp-hook.php(348): WP_Hook->apply_filters() #4 /home/u762851829/domains/ratokagaj.com/public_html/wp-includes/plugin.php(517): WP_Hook->do_action() #5 /home/u762851829/domains/ratokagaj.com/public_html/wp-includes/load.php(1279): do_action() #6 [internal function]: shutdown_action_hook() #7 {main} thrown in /home/u762851829/domains/ratokagaj.com/public_html/wp-content/plugins/lazy-loading-responsive-images/src/Plugin.php on line 170