१७ फाल्गुन २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार

स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

३ भदौ, काठमाडौं । स्पेनले इंग्ल्याण्डलाई १-० ले हराउँदै पहिलो पटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।

पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७ औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् ।

स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् । तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् ।

यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।

स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १-१ पटक विश्वकप जितेका छन् ।

स्पेन महिला र पुरुष दुवै फुटबल विश्वकप जित्ने दाोस्रो टोली पनि बनेबो छ । यसअघि जर्मनीको दुवै टिमले विश्वकप जितिसकेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected