२० माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ उजुरी, सोमबार छलफल

३ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार)देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ ।

समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत् एउटा उजुरी परेका छन् । तर इमेलबाट उजुरी गर्नेहरु सम्पर्कमा नआएकाले एक जना उजुरीकर्तासँग मात्र छलफल गर्ने समितिको तयारी छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । २३ साउनमा बसेको समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

उजुरीकर्तासँग सोमबार छलफल गर्ने र सोही दिन श्रेष्ठसँग पनि छलफल गर्ने ज्येष्ठ सदस्य राणाले बताए । संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।