११ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

मिडियाले आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी होइन : मुख्‍यमन्त्री चौधरी

१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर लेख्न सञ्चारमाध्यम र पत्रकारहरुलाई आग्रह गरेका छन् ।

बुटवलमा शुक्रबारदेखि सुरु प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती–कमजोरी सच्याउन मौका मिल्ने बताए ।

उनले राजनीतिक परिवर्तनमा मिडियाहरुको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताए ।

‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ, तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ’ मुख्यमन्त्री चौधरीले भने, ‘मिडियाहरुले सरकारको गुणगान गाउनु पर्दैन,आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’

मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको भन्दै उनले सरकारको प्राथमिकता विकास र समृद्धि भएकाले त्यसमा साथ दिन उनले सञ्चारमाध्यमलाई आग्रह गरे ।

प्रदेश सरकारले वर्षमा २ लाख जनालाई रोजगारी दिने लक्ष्य रहेको र प्रदेशभरि त्यसको संभावना रहेको उनले दाबी गरे । ‘हामीसँग बुद्ध जन्मस्थल लुम्बिनी, स्वर्गद्वारी, आदिवासी जनजातिका संस्कृति र प्रशस्त हिल स्टेशनहरु छन्’ चौधरीले भने, ‘प्रदेशको समृद्धि र लगानीका लागि सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि छलफल गरिरहेको छ ।’

व्यक्तिगत रुपमा अनुदान माग्न नआउन आग्रह गर्दै मुख्यमन्त्री चौधरीले सञ्चार संस्थालाई संस्थागत रुपमा मात्रै अनुदान रकम दिने सरकारको नीति रहेको स्पष्ट पारे ।

सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता छ । सम्मेलनले मोफसलका मिडियाहरुको सबलीकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायत विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।