१८ पुष २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित

३२ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बिहीबार भएको सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित भएको छ । अदालत स्रोतका अनुसार केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको हो ।

अदालतमा पीडित गौशाला २६ कि आमाको जन्ममिति फरक फरक देखिने कागजातहरु पेश भएको, गौशाला २६ को जन्म हुँदाको अस्पतालको दर्ता किताबको विवरण पनि अस्पष्ट भएकाले त्यसलाई थप स्पष्ट पार्नुपर्ने भन्दै बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासको सुनुवाइ स्थगित गरिएको हो ।

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा जिल्ला अदालत काठमाडौंमा भएको सुनुवाइ पटक पटक सरेका कारण हालसम्म अन्तिम फैसला आएको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।