२८ मंसिर २०८२, आईतवार
राजनीति

प्रधानमन्त्रीले माफी र गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : सुनिल शर्मा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।

‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि अन्तिमसम्म माग छ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न भने र प्रधानमन्त्रीले अपोलोजी गर्नुहुन्न भने आमरण अनशन डिक्लियर गर्छु’ उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बसेँ ।

आफूले सुन तस्करी प्रकरणमा नैतिक रुपमा संलग्न व्यक्तिहरुको राजीनामा माग गर्दा आफूलाई पक्राउ गरेर दुख दिएको भन्दै शर्माले प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गरेको कि प्रजातान्त्रिक सरकारको भनी प्रश्न गरे ।

‘गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारी सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ’ उनले भने, ‘यो प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, राजीनामा माग्न पाइँदैन भने हामीजस्ता सभासदलाई बिना पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने जनताको अवस्था हुन्छ ?’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।