१५ फाल्गुन २०८२, शुक्रबार
राजनीति

ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं : उपप्रधानमन्त्री खड्का

२९ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्यालको नियुक्तिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको बैठकमा उनले ल्हारक्यालको नियुक्तिबारे आफूले पछि मात्र थाहा पाएको बताएका एक सांसदले जानकारी दिए ।

सोमबारको बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतले ल्हारक्यालको नियुक्तिबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले भने उक्त निर्णयबारे थाहा पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको बताएका छन् ।

‘मन्त्री भइसक्नुभएका कतिपय मााननीयलाई थाहा छ । कुनै निर्णयहरु सम्बन्धित मन्त्रालयका मन्त्रीबाहेक अरुलाई थाहा हुँदैन, प्रधानमन्त्री र मुख्यसचिव बसेर निर्णय लेखाउँछन्, हामीलाई थाहा नै हुँदैन, थाहा भएपछि प्रधानमन्त्रीको ध्यानाकृष्ट गरएका छौं’, खड्काको भनाइ उधृत गर्दै कांग्रेसका एक सांसदले भने ।

गत हप्ताको मन्त्रिपरिषद बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।