१० पुष २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

जनमत पनि सरकारमा, अनिता देवीले लिइन् मन्त्रीको शपथ

२९ साउन, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले शपथ लिएकी छिन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित समारोहमा नवनियुक्त सामान्य प्रशासन मन्त्री अनितादेवीले शपथ लिएकी हुन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त संघीय मामिला मन्त्री अनितादेवीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नेपालको संविधानबमोजिम नवनियुक्त मन्त्रीले राष्ट्रपतिबाट शपथ लिने संवैधानिक व्यवस्था छ । मन्त्री अनितादेवी जनमत पार्टीको सांसद हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायत उपस्थिति थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।