१३ कार्तिक २०८२, बिहीबार
समाज

शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटे डा.रञ्जिनकुमार यादव

२९ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् ।

नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि थुनामुक्त गरिएका हुन् ।

सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार, नेपाल मेडिकल काउन्सिलले पठाएको प्रमाण पत्रका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

‘तर नाम जुधेका कारण अर्को प्रमाण पत्र आएको भन्ने व्यहोराको पत्र आएपछि छाडेका छौं’, उनले भने, ‘यस विषयमा विज्ञप्ति जारी गरेर जानकारी दिँदैछौं ।’

कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन । अरुलाई भने हिरासतमा राख्न अनुमति दिएको थियो ।

यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व