१७ कार्तिक २०८२, सोमबार
राजनीति

शीर्ष नेताले बार्गेनिङ रातारात गरुन्, संसद बैठक रोक्न पाइँदैन : रवि लामिछाने

२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे ।

‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि चाहे रात परोस्, चाहे विहान होस्, देखिएका, आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखमार्फत आएको सदन चल्ने समयमा सदन किन चल्दैन ?’ रविले प्रश्न गरे ।

तीन जना नेताहरु सल्लाह गर्नुपर्ने भए संसदको तोकिएको समय भन्दा पहिले नै छलफल गर्नुपर्ने र तोकिएको समयमा बैठक सुरु हुनैपर्ने उनले बताए । ‘यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ ?’ उनले प्रश्न गरे ।

सांसदहरु हरेक दिन कतिबेला संसद बैठक सुरु हुन्छ भनेर घडी हेरेर बसिरहनुपरेको भन्दै उनले यो क्रियाकलाप रोक्न माग गरे । ‘निरन्तर रुपमा भइरहेको यो क्रियाकलाप रोक्न जरुरी छ ।

केही दलका केही नेताहरु बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन, यो तय होस्, सभामुखबाट रुलिङ होस् कि कुनै पनि दिन यदि तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसिसकेपछि त्यो सयममा घण्टी बज्नुपर्छ । त्यो घण्टी बज्नभन्दा अगाडि जे जे कुरा मिलाउनुपर्छ मिलाए हुन्छ’ सभापति लामिछानेले भने ।

अमुक नेता मिल्दा र नमिल्दा संसद चल्ने र नचल्ने निर्णय गर्न नहुने भन्दै उनले संसदमा जनताका कुरामा छलफल हुनुपर्ने बताए । अहिले पनि शीर्ष नेताहरुबीच संसदीय समितिको सभापतिमा भागवण्डा मिलेका कारण नै संसद चलेको उनले बताए ।

‘संसदीय समितिको भागवण्डाको कुरा मिलेर भागवण्डा मिलेर संसद सहज भएको सुन्नमा आएको छ, यदि त्यसो हो भने हामी खुशी छौं, राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक हिसाबले प्रमुख प्रतिपक्ष बन्न गयो’ लामिछानेले भने ।

 

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।