७ पुष २०८२, सोमबार
मुख्‍य समाचार समाज

नदी किनारका बासिन्दालाई ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा भएकाले नदी र खोलाहरुमा बाढी आएको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचित गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकाका बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा जलसतह बढ्दो छ ।

बाढीको सतह सतर्कताको तहसम्म पुगेको विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैले नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व