४ फाल्गुन २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

सुनकाण्डमा एमालेले अंश खोजेर संसद चल्न दिएन : राप्रपा

२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवैध सुन आयात प्रकरणमा एमालेले अंश खोजेको गम्भीर आरोप लगाएको छ ।

गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक सय किलो सुन बरामद भएको विषयलाई लिएर एमालेले अनावश्यक रुपमा सत्तारुढ दलहरुसँग भाग खोजेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको टिप्पणी छ । ‘सुनकाण्डमा तोलमोल भयो । उच्च स्तरीय छानबिन भनेर एमालेले सुन काण्डमा अंश खोज्यो । यो गम्भीर अपराध हो’ प्रमुख सचेतक शाहीले अनलाइनखबरसँग भने ।

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट गैर कानुनी रुपमा भित्रिएको झण्डै एक सय किलो सुनको विषयले राजनीतिक वृत तरंगित छ । यस प्रकरणमा सरकारले गर्ने अनुसन्धानमा विश्वास नरहेको भन्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसदको दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन ।

सोमबार बसेको प्रमुख तीन दलको बैठक पनि निस्फल भएपछि अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

 

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।