१० पुष २०८२, बिहीबार
राजनीति

सुन तस्करीको फाइल प्रहरी हेडक्वार्टरमा, अभियुक्त सीआईबीको हिरासतमा

२१ साउन, काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान फाइल प्रहरी प्रधान कार्यालयमा बुझाउने भएको छ ।

आइतबार साँझ राजस्व अनुसन्धान विभागको टोली पुल्चोकस्थित कार्यालयबाट फाइल र अभियुक्त निस्केको छ । स्रोतका अनुसार फाइल प्रहरी प्रधान कार्यालय र १८ जना अभियुक्त सीआईबीलाई बुझाउने तयारी छ ।

राजस्व अनुसन्धान विभागले आइतबारमात्र यो प्रकरणको सबै फाइल प्रहरीलाई बुझाउने निर्णय गरेको थियो । २ साउनमा विभागले त्रिभुवन विमानस्थलबाहिरबाट एक क्विन्टल सुन बरामद गरेको थियो ।

सो प्रकरणमा विभागले राजस्व चुहावट कसुरमा अनुसन्धान गरिरहेको थियो । गत शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन प्रकरणमा संगठित अपराध पनि आकर्षित हुने भन्दै सीआईबीलाई अनुसन्धान गर्न निर्देशन दिएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।