२० माघ २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

निर्माण व्यवसायीलाई तत्काल दिन सक्‍ने बजेट छैन : अर्थमन्त्री महत

२० साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) ले आयोजना गरेको कार्यक्रममा उनले स्रोतको अभावका कारण निर्माण व्यवसायीको माग पूरा गर्न नसक्ने बताएका हुन् ।

आफूहरुले गरिसकेको कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् ।

तर अर्थमन्त्री महतले विगतमा स्रोत सुनिश्चित नभईकन ठेक्का लगाइएका कारण अहिले समस्या भएको बताए ।

‘ठेक्का लाग्यो काम थाल्यो, स्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेज छैन’ उनले भने, ‘ त्यसकारण अहिले जति पनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने