८ पुष २०८२, मंगलवार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

गर्भवतीको मृत्युपछि मनकामना अस्पतालले तिर्‍यो २७ लाख ५० हजार क्षतिपूर्ति

२० साउन, चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालले उपचारको क्रममा एक गर्भवतीको मृत्यु भएपछि २७ लाख ५० हजार रुपैयाँ पीडित परिवारलाई तिरेको छ ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच शनिबार भएको वार्तापछि अस्पतालले गल्ती स्वीकार गर्दै क्षतिपूर्ति दिएको वार्ताका एक सहभागीले बताए ।

भरतपुर महानगरपालिका वडा नं. २६ कि ३५ वर्षीया नविना महतो थारूको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो । मृतकका पति मणिकलाल महतो थारूका अनुसार गत बिहीबार उपचारका लागि ल्याइएकी नविनालाई शुक्रबार राति १ बजे अस्पतालले मृत घोषणा गरेको थियो । बच्चा जन्मिएपछि साल निकाल्दा अधिक रक्तश्राव भएको जानकारी गराएको पति मणिकलालले बताए ।

साल पाठेघरमा टाँसिएको भन्दै चिकित्सकले अधिक रक्तश्राव रोक्न नसकिएकाले पाठेघर नै फालेर बिरामी बचाउने प्रयास गरेको अस्पताल स्रोतको दावी छ । पाठेघर निकालेपछि उनको शरीरको विभिन्न भागबाट रक्तश्राव (बीआईसी)भएर उनको मृत्यु भएको थियो ।

अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै आफन्त र छिमेकीले अस्पतालमा आन्दोलन गरेपछि दुबै पक्षबीच सहमति गरिएको हो ।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए । सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजार रुपैयाँको चेक पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व