७ पुष २०८२, सोमबार
मुख्‍य समाचार राजनीति

सञ्चार क्षेत्र नियन्त्रण हुने गरी कानुन बन्‍दैन : कानुनमन्त्री गुरूङ

२० साउन, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन नबन्‍ने बताएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा आयोजना गरेको सूचना प्रविधि विधेयकबारे छलफलमा सहभागी भएका मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

कानुनमन्त्री गुरूङले भने, ‘ सूचना प्रविधि विधेयकबारेमा व्‍यापक छलफल भएको छ। तर, सञ्चार क्षेत्रलाई नियन्त्रण हुने गरी कानुन बन्‍दैन । यति बुझ्नुस्।’

मन्त्री गुरुङले मिडियालाई नभएर सोसल मिडियालाई नियन्त्रण गर्नेबारे शीर्ष नेताहरुको बैठकमा छलफल भएको जिकिर गरे ।

‘शीर्ष नेताको बैठकमा त्यो कुरा उठेकै हो । सोसल मिडियाले अति नै गर्न थाले,जे पायो त्यही गरेको छ । मलाई त सुनै सुन लाएर सुन बुढा बनाए भन्ने कुरा उठेको थियो । यो अवस्थालाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा भएको हो,’ उनले भने, ‘तर, मिडयालाई नियन्त्रण गर्नेगरी विधेयक बनाउनुपर्छ भन्ने कुरा आएको छैन। किनकी त्यहाँ म नि सहभागी थिएँ।’

सञ्‍चार मन्त्रालयले सामाजिक सञ्जाल नियन्त्रणका लागि विधेयक मस्यौदा भएको आफूले सुने पनि त्यसबारे थप जानकारी नरहेको उनले बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताए ।

उनले भने, ‘सुझाव लिने, समिति बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने देखिएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ । पत्रकारलाई ढुक्कसाथ पत्रकारिता गर्न रोक्न बनेका कानूनलाई सरकारले परिमार्जन गर्न जरुरी छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गरे ।

आयोजित कार्यक्रममा महसङ्घका अध्यक्ष विपुल पोखरेलसँगै महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरू लगायतका पत्रकारका अगुवाहरूले भने मिडिया नियन्त्रण गर्ने ढंगले विधेयक आउन लागेको भन्दै विरोध जनाएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।