१ फाल्गुन २०८२, शुक्रबार
समाज

सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो

१८ साउन, काठमाडौं । ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ ।

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व