७ पुष २०८२, सोमबार
राजनीति

संवैधानिक परिषदको बैठक बस्दै

१८ साउन, काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक आज बस्दै छ ।

बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साँझ ५ बजे बस्न लागेको हो ।

हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन १९ गते अनिवार्य अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न लागिएको हो ।

वरिष्ठताको आधारमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भावी प्रधानन्यायाधीशको रोलक्रममा पहिलो नम्बरमा छन् ।

संविधानको धारा २८४ को उपधारा ३ को व्यवस्थाअनुसार प्रधानन्यायाधीशको अवकास हुनुभन्दा एक महिना अगाडि नै नयाँ नियुक्ति सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

उक्त व्यवस्थाअनुसार १९ असारमै प्रस्तावित प्रधानन्यायाधीशको नाम सिफारिस हुनुपर्नेमा बैठक बस्न ढिलाइ हुँदा सिफारिस हुन सकेको छैन ।

गत मंगलबार पनि संवैधानिक परिषद बैठक बसेको थियो । तर नियुक्ति सिफारिस हुन सकेको थिएन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।