२ फाल्गुन २०८२, शनिबार
राजनीति

एमालेले आज पनि संसदमा अवरोध गर्ने

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ ।

सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गैरकानुनी रुपमा भित्रिएको करिब एक क्वीन्टल सुन प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग छ । यही माग राखेर एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक चल्न दिएको छैन ।

सत्तारुढ दलहरुले भने सरकारको अनुसन्धान जारी रहेका बेला अर्को छानबिन समिति बनाउने विषय नमिल्ने बताउँदै आएका छन् ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।