२८ मंसिर २०८२, आईतवार
राजनीति

मोसो दल्नेलाई कांग्रेसले पार्टीबाट निष्कासन गर्ने

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ ।

बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ ।

‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरीक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब खारेज गर्ने निर्णय गरिएको छ,’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।

पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृसंस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो। यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।