१९ कार्तिक २०८२, बुधबार
राजनीति

भुटानी शरणार्थी प्रकरण र खाँणबारे कांग्रेस मौन, महामन्त्री थापाको फरक मत

१० साउन, काठमाडौं । नेपाली कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले थालेको कदममा साथ र समर्थन रहेको बताएको छ । तर भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणबारे भने कांग्रेस मौन बसेको छ ।

पार्टी कार्यालय, सानेपामा बसिरहेको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयका प्रस्तावहरु पेश गरेका छन् । जसको दोस्रो नम्बर बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन कांग्रेसकै सरकारले ल्याएको स्मरण गरिएको छ । भ्रष्टाचार जघन्य अपराध भएको भन्दै उसले जो कोहीले भ्रष्टाचार गरे कानुन बमोजिम कारबाही हुनुपर्ने बताएको छ ।

आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने समेत कांग्रेसले बताएको छ । तर, भुटानी शरणार्थी प्रकरण र खाँणबारे केही बोलिएको छैन । बैठकमा महामन्त्री गगनकुमार थापासहित केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए भने केहीले उनलाई साथ दिनुपर्ने मत राखेका थिए ।

महामन्त्री शर्माले यसबारे अर्का महामन्त्री थापाको लिखित मत रहेको बताए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।