२८ आश्विन २०८२, मंगलवार
राजनीति

कांग्रेसको केन्द्रीय समितिको बैठक आज सकिँदै, महामन्त्रीले संशोधित कार्ययोजना पेस गर्ने

१० साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज समापन हुँदै छ । समापन अघि केन्द्रीय समितिको बैठकबाट गर्ने निर्णयलाई अन्तिम रुप दिन नेताहरु गृहकार्यमा व्यस्त छन् ।

केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई अन्तिम टुंगो लगाउन आज बिहान ११ बजे पुनः पदाधिकारीको बैठक बस्दै छ ।

यसअघि मंगलबार पनि सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक बसेर निर्णयको मस्यौदा तयार पार्ने जिम्मा नेताहरुलाई दिएको थियो ।

ती नेताहरुले आजको पदाधिकारी बैठकमा मस्यौदा पेस गर्नेछन् । त्यसपछि सभापति र महामन्त्रीहरुले निर्णयको मस्यौदालाई अन्तिम रुप दिएर अनुमोदनका लागि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्नेछन् । केन्द्रीय समितिको बैठक आज अपराह्न चार बजे बस्दै छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि काठमाडौंमा सुरु भएको थियो । बैठकमा महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापाले पार्टीको एक वर्षे कार्ययोजना प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्यहरुले समसामयिक राजनीतिका साथै कार्ययोजनामा विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

केन्द्रीय सदस्यहरुको सुझावको आधारमा आजको बैठकमा महामन्त्रीले संशोधित कार्ययोजना पनि पेस गर्नेछन् । त्यसपछि विभिन्न निर्णय गर्दै आज केन्द्रीय समिति बैठक समापन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।