६ पुष २०८२, आईतवार
समाज

निलम्बित डीएसपी ठगबहादुर केसी बर्खास्त

९ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सिफारिसअनुसार गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले केसीलाई आज बर्खास्त गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार प्रहरी नायब उपरीक्षक केसीलाई भविष्यमा अयोग्य नठहरिने गरी आजका मितिदेखि बर्खास्त गर्ने निर्णय गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलमा रहँदा केसीले सुन व्यापारी किसन विकसँग ‘घुस’ लिएको घटनामा उनी निलम्बनमा परेका थिए ।

प्रहरी प्रधान कार्यालयले केसीलाई बर्खास्त गर्न असार दोस्रो साता गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व