७ पुष २०८२, सोमबार
राजनीति

राजदूत नियुक्ति प्रक्रिया समावेशी भएन : उपेन्द्र यादव

५ साउन, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी निकट कानुन व्यवसायीहरुको संगठन संघीय कानुन व्यवसायी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले असन्तुष्टि व्‍यक्त गरेका हुन् ।

उनले सिफारिस गरिएका सबै राजदूतहरु एउटै समूदायको रहेको उल्लेख गर्दै त्यसलाई कसरी समावेशी लोकतान्त्रिक अवधारणा अनुसारको नियुक्ति भन्ने भनी प्रश्न समेत गरे ।

अध्यक्ष यादवले भने, ‘आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समूदायलाई मात्रै राजदूतमा सिफारिस गरेको छ । राजनीतिक नियुक्तिहरू जति पनि भए, सबै एकै समूदायका भए । यो कसरी समावेशी लोकतन्त्र भयो त ?’

उनले सरकारले गरेका राजनीतिक नियुक्तिहरु पनि समावेशी हुन नसकेको जिकीर गरे । अध्यक्ष यादवले जनसंख्याको आधारमा जनप्रतिनिधिमूलक संस्थाहरुको प्रतिनिधित्व गराउनुपर्नेमा त्यसो नभएको समेत दोहोर्‍याए ।

उनले भने, ‘ अहिले त महत्वपूर्ण पक्ष लोकतन्त्रको प्रतिनिधित्वको आधार जनसंख्या हो । जनसंख्याको आधारमा प्रतिनिधित्व हुने हो । त्यो पनि छैन । यसले गर्दाखेरी के हो भन्दाखेरी हामीले धेरै क्षेत्रमा खासगरी संवैधानिक, कानुनी क्षेत्रमा तर्कका साथ परिवर्तनको लागि उभिनुपर्नेछ ।’

अध्यक्ष यादवले संवैधानिक तथा कानुनी क्षेत्रमा संघीयता अनुकूलका धेरै कामहरु गर्नुपर्ने भएकाले त्यसको पक्षमा उभिन पनि पार्टी निकट कानुन व्यवसायीहरुलाई आह्वान गरे ।

उनले भने, ‘देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याउन धेरै बलिदानी दिएको छ मधेशका जनताले। त्यसकारण अब हामीले संघीयता अनुकूलका कामहरू गर्नुपर्ने बेला आएको छ।’

उनले स्थानीय तहहरुमा न्यायिक समितिको जिम्मा राजनीतिक पार्टीहरुलाई नै दिने संवैधानिक व्यवस्था गरिएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग समेत गरे ।

‘स्थानीय तहहरुमा न्यायिक समितिको जिम्मा राजनीतिक पार्टीहरुलाई नै जिम्‍मेवारी दिने गरिएको छ। अब यसको विकल्प खोजिनुपर्दछ।’ उनले भने ।

सरकारले विभिन्न ६ देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि

५ साउन, काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी निकट कानुन व्यवसायीहरुको संगठन संघीय कानुन व्यवसायी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले असन्तुष्टि व्‍यक्त गरेका हुन् ।

उनले सिफारिस गरिएका सबै राजदूतहरु एउटै समूदायको रहेको उल्लेख गर्दै त्यसलाई कसरी समावेशी लोकतान्त्रिक अवधारणा अनुसारको नियुक्ति भन्ने भनी प्रश्न समेत गरे ।

अध्यक्ष यादवले भने, ‘ आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समूदायलाई मात्रै राजदूतमा सिफारिस गरेको छ । राजनीतिक नियुक्तिहरू जति पनि भए, सबै एकै समूदायका भए । यो कसरी समावेशी लोकतन्त्र भयो त ?’

उनले सरकारले गरेका राजनीतिक नियुक्तिहरु पनि समावेशी हुन नसकेको जिकीर गरे । अध्यक्ष यादवले जनसंख्याको आधारमा जनप्रतिनिधिमूलक संस्थाहरुको प्रतिनिधित्व गराउनुपर्नेमा त्यसो नभएको समेत दोहोर्‍याए ।

उनले भने, ‘ अहिले त महत्वपूर्ण पक्ष लोकतन्त्रको प्रतिनिधित्वको आधार जनसंख्या हो । जनसंख्याको आधारमा प्रतिनिधित्व हुने हो । त्यो पनि छैन । यसले गर्दाखेरी के हो भन्दाखेरी हामीले धेरै क्षेत्रमा खासगरी संवैधानिक, कानुनी क्षेत्रमा तर्कका साथ परिवर्तनको लागि उभिनुपर्नेछ ।’

अध्यक्ष यादवले संवैधानिक तथा कानुनी क्षेत्रमा संघीयता अनुकूलका धेरै कामहरु गर्नुपर्ने भएकाले त्यसको पक्षमा उभिन पनि पार्टी निकट कानुन व्यवसायीहरुलाई आह्वान गरे ।

उनले भने, ‘देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याउन धेरै बलिदानी दिएको छ मधेशका जनताले। त्यसकारण अब हामीले संघीयता अनुकूलका कामहरू गर्नुपर्ने बेला आएको छ।’

उनले स्थानीय तहहरुमा न्यायिक समितिको जिम्मा राजनीतिक पार्टीहरुलाई नै दिने संवैधानिक व्यवस्था गरिएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग समेत गरे ।

‘स्थानीय तहहरुमा न्यायिक समितिको जिम्मा राजनीतिक पार्टीहरुलाई नै जिम्‍मेवारी दिने गरिएको छ। अब यसको विकल्प खोजिनुपर्दछ।’ उनले भने ।

सरकारले विभिन्न ६ देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।