५ फाल्गुन २०८२, मंगलवार
राजनीति

ललितानिवास प्रकरणमा अदालतको आदेशपछि फेरि समातिए कलाधर देउजा

५ साउन, काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउलगत्तै छुटेका मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन कर्मचारी कलाधर देउजा फेरि पक्राउ परेका छन् ।

प्रकरणमा पक्राउ परेका केहीले अदालतमा दिएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएसँगै प्रहरीले शुक्रबार अपराह्न देउजालाई फेरि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले बताए ।

उनका अनुसार, अदालतले उनसहित १७ जनालाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा दिएको आदेश खारेज भए फेरि आरोपीलाई पक्राउ गरिएको हो ।

प्रहरीले देउजासहित ७ जनालाई १२ असारमा पक्राउ गरेको थियो । तर, देउजासँगै पक्राउ परेका सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीको नाममा स्टे अर्डर भेटिएपछि प्रहरीले सोही दिन छाडेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।