२९ आश्विन २०८२, बुधबार
राजनीति

सेवा वितरणमा विभेद गर्नेमाथि कारबाही हुन्छ : मन्त्री मोदी

४ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रुपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढङ्गले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

मन्त्री मोदीले आज राष्ट्रिय किताबखाना (निजामती) को आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताए ।  

उनले भने, ‘सेवाग्राहीका रुपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढङ्गले सेवा प्रवाह गर्नुपर्छ, सेवा वितरणमा विभेद गर्नेलाई कारबाही हुन्छ ।’

सोही अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रुपमा किताबखानामा आएका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिएका थिए ।

कर्मचारी समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएपछि आफूले आकस्मिक निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले सहरमा र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा पनि सरुवा गरिने बताए ।

पछिल्लो समय मन्त्रालयका सचिवलगायतका कर्मचारीकोसमेत हाजिरी छड्के गरेका मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निजामती अस्पताल, राष्ट्रिय किताबखानाको नियमित छड्के अनुगमन गर्दै आएका छन् ।  

किताबखानाका महानिर्देशक डा.टोकराज पाण्डेले मन्त्री मोदीलाई किताबखानाबाट धेरैजसो सेवाहरु अनलाइनमा वितरण हुने गरेको र आफ्नै भवन नहुँदा सेवा प्रवाह जटिल भएको जानकारी गराएका थिए । किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सनपट्टा बनाउने र सम्पत्ति विवरण लिने काम गर्दै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।