१७ कार्तिक २०८२, सोमबार
राजनीति

सुन प्रकरणमा पक्राउ परेकालाई १० दिन थुनामा राख्‍न उच्च अदालतको अनुमति

४ साउन, काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।