७ पुष २०८२, सोमबार
राजनीति

कांग्रेस नेताको व्‍यंग्य : मेरो छोरालाई तरुण दलमा र श्रीमतीलाई महिला संगठनमा राखिदिनुस्’

३ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टीको भ्रातृ संगठनमा नेताले आफ्ना छोराछोरी र आफन्त राखेकामा विरोध जनाएका छन् ।

बुधबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले तरुण दलमा नेताका छोराछोरी राखेकामा आपत्ति जनाए । उनका अनुसार हालै गठित तरुण दलको केन्द्रीय तदर्थ समितिमा ७ जना केन्द्रीय सदस्यका छोरा, छोरी र पीए रहेका छन् ।

उनले तरुण दलमा आफ्नो छोरा र महिला संगठनमा श्रीमतीलाई राखिदिनुस् भन्दै व्‍यंग्य गरे । ‘यो भ्रातृ संगठनमा सबैले आफ्ना छोरा, आफ्ना छोरी हालेका रहेछन्, मेरो छोरा पनि हाल्निुनुपर्‍यो । र महिला संगठन बनाउनुहुन्छ भने मेरो श्रीमती पनि राखिदिनुस्’ केन्द्रीय सदस्य बुढाथोकीले भने, ‘यही त रहेछ हाम्रो संगठन गर्ने पारा । यसलाई राम्रै भन्नुपर्‍यो ।’

झापामा जिल्ला सभापतिले तरुण दलको १०० सदस्यीय समिति र ५३ जना सल्लाहकार राख्दा पनि जिल्लाकै नेता पार्टी महामन्त्री विश्वप्रकाश शर्माले टुलुटुलु हेरिरहेको उनले बताए ।

‘तपाई महामन्त्री हाम्रो जिल्लाको नेता टुलुटुलु के हेरेर बसेको विधानले दिन्छ ?’ उनले प्रश्न गरे ।

बुढाथोकीले अगाडि भने, ‘१०० जनाको कमिटी जिल्लाले बनाउँछ, त्यसो हो भने शेरबहादुरजीले यहाँ ४०० जनाको बनाए भयो नि त केन्द्रमा ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।