७ पुष २०८२, सोमबार
राजनीति समाज

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी

२ साउन, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने तयारी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयले आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो ।

पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्नका लागि प्राविधिक तयारी थालिएको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार तयारी थालिएको पौडेलले बताए ।

लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको छ ।

एजेन्डा तय गर्न सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकका क्रममा सभापति शेरबहादुर देउवाले लाइभ गर्ने प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा पक्षविपक्ष भए पनि पार्टी केन्द्रीय कार्यालयले भने तयारी गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व