६ फाल्गुन २०८२, बुधबार
राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजेदेखि

२ असाउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नदैछ ।

लामो प्रयासपछि एक वर्षको अन्तरालमा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न लागेको हो । यसअघि मिति तय भएर पनि बैठक स्थगित हुँदै आएको थियो ।

पार्टीको सोमबार भएको पदाधिकारी र पूर्वपदाधिकारीको छलफलले केन्द्रीय समिति बैठकका लागि १० एजेन्डा तय गरेको छ ।

उक्त छलफलमा सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावसमेत गरेका थिए । तर, त्यस विषयमा फरकफरक मत आएकोले के गर्ने भन्ने टुंगिएको छैन ।

यस्तो छन् बैठकका एजेण्डा :

१. समसामयिक विषय ।

२. सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव ।

३. कार्यसम्पादन समिति बैठकबाट यसअघि भएका निर्णयहरु अनुमोदन ।

४. पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत ।

५. नीति अधिवेशन सम्बन्धी प्रस्ताव ।

६. विभाग गठनसम्बन्धी प्रस्ताव ।

७. एउटा अभियान घोषणासम्बन्धी प्रस्ताव ।

८. अनुशासन समितिको प्रतिवेदनसम्बन्धी प्रस्ताव

९. प्रतिनिधि सभा बैठकमा पार्टीको भूमिकाबारे संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी गराउने ।

१०. सरकारमा पार्टीको भूमिकाबारे उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराउने ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।